पोखरालाई उजाड बनाउँदै महानगरपालिका

जताततैको हरियाली मासियो, नरमाइलो लाग्यो : युवा व्यवसायी पोखरेल
   नयाँ दैनिक comment 0

माघ २२, पोखरा । पोखरा महानगरपालिकाले विकासका नाममा सडकका छेउछाउका रुख काट्न थालेको छ । चोकका चौतारीसँगै सडक छेउछाउका रुख पनि मासिँदै गएपछि पोखरा उजाड बन्दै गएको देखिन्छ । रत्नचोक, मुस्ताङचोकपछि उजाड हुने पालो रास्ट्रबैँकचोक आएको भन्दै पोखराकै युवा व्यवसायी सन्तोष पोखरेलले चिन्ता व्यक्त गरेका छन् ।

सडकभरि तेर्सिएका रुखका हाँगा फेसबुकमार्फत सार्वजनिक गर्दै पोखरेलले महानगरपालिकालाई सोधेका छन्, ‘विदेशमा रुख जोगाउन बाटो थोरै घुमायर लैजान्छन्, तर हाम्रोमा विभिन्न बाहनामा पुराना रुख, चौतरा अनि हरियाली मासिन्छन्, किन होला ?’

उनको फेसबुकमा रुख काट्ने काम बेठीक भएको प्रतिक्रिया आइरहेको छ । अनिता खड्काले व्यंग्य गरेकी छिन्, ‘एमालेको सरकार छ, अनि रुख देख्यो कि काटिहाल्ने, यस्तै छ सर यहाँको चलन ।’

पोखरेलले महानगरपालिकाले धेरै रुख मासेको र आफूलाई नरमाइलो लागेको समेत बताएका छन् । फुटपाथमा परेका रुखहरु पनि काट्नैपर्ने मास्नैपर्ने कारण के हो भन्दै उनले जनप्रतिनिधिलाई प्रश्न समेत गरेका छन् । विकासको नाममा सकेसम्म हरियाली नमास्न समेत उनको अनुरोध छ ।

‘मुस्ताङचोकको सिसौको त्यो रुख काटेको सायद कमैलाइ चित्त बुझेको छ होला । यएरपोर्टबाट निस्कँदै गर्दा स्वागत गरेजस्तो मुस्ताङचोकको त्यो हरियाली मासियो । यस्तै धेरै नासियो, मलाइ नरमाइलो लाग्यो भने अरुलाइ पनि पक्कै चित्त बुझेको छैन होला !’ पोखरेलले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *