पोखराबाट रविन्द्रको स्पष्टिकरण : ‘पर्यटनमन्त्री भएकै कारण मेरो नाम जोडियो’

‘मन्त्रालयको नेतृत्वमा भएकाले नाम जोडिनु स्वाभाविक हो । वाइड बडी खरिद प्रक्रियामा मेरो संलग्नता छैन भन्ने बेला आएपछि पुष्टि हुन्छ ।’
   नयाँ दैनिक comment 0

पुस १८, पोखरा । पर्यटनमन्त्री रविन्द्र अधिकारीले पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको बताएका छन् । ‘वाइडबडी’ का कारण देशैभर आलोचना र चर्चामा रहेका अधिकारीले समितिको प्रतिवेदन यस्तो आउला भन्ने आफूले सोच्दै नसोचेको भन्दै दुखेसो समेत पोखेका छन् । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएका निश्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि उनको सर्वत्र आलोचना भएको छ । आज गृहजिल्ला कास्की आएका अधिकारीले पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको गुनासो गरेका छन् । अधिकारीले सञ्चारकर्मीसँग भने, ‘यो खाले प्रतिवेदन आउला मैले सोचेकै थिइनँ ।’

वाइडबडी खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले नै भइसकेको दावी गर्दै मन्त्री अधिकारीले अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा रहेकाले नाम जोडिएको बताए । उनले भने, ‘मन्त्रालयको नेतृत्वमा भएकाले नाम जोडिनु स्वाभाविक हो । वाइड बडी खरिद प्रक्रियामा मेरो संलग्नता छैन भन्ने बेला आएपछि पुष्टि हुन्छ ।’

वाइडबडीका सन्दर्भका उनको सचिवालयले विज्ञप्ति निकाल्ने तयारी गरिहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *