पोखरा सभागृहचोकको बम सेनाले निस्क्रिय पार्यो

   नयाँ दैनिक comment 0

फाल्गुण ३०, पोखरा । पोखराको सभागृहचोकका रहेको बम नेपाली सेनाको डिस्पोजर टोलीले निस्क्रिय पारेको छ । आज बिहान सभागृहचोकमा बोराहरु देखिएपछि भित्र बम नै हुन सक्ने अनुमान लगाइएको थियो । सो बम विप्लव नेतृत्वको नेकपाले राखेको हो । बजारमा बम देखिएपछि सर्वसाधारण त्रसित भएका छन् ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि उनीहरुले नेपाल बन्दको आयोजना गरेका थिए । बन्दलाई प्रभावकारी बनाउन बम राखिएको हुन सक्ने बुझिएको छ । प्रतिबन्धपछि नेकपाका सबै नेताहरु भूमिगत भएका छन् । नेकपाका जिल्ला स्तरिय नेताले आफूहरुले द्वन्द्व नचाहेको र सरकारले चाहे सोचेभन्दा हजारौँ गुणा ठूलो लडाईं लड्न तयार रहेको चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *