फाल्गुण २७, पोखरा । पोखरा सस्तो बजारले स्टल बुकिङमा ५० प्रतिशत छुट दिने भएको छ । सूर्यदिल ग्रुप इन्भेस्टमेन्ट कम्पनी प्रालिद्वारा सञ्चालित पोखरा सस्तो बजारले एकल महिला, विपन्न, अपाङ्ग तथा असहायहरुका लागि धरौटी रकममा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको सञ्चालक युवराज खतिवडाले बताए ।
पृथ्वीचोक स्थित सस्तो बजारमा प्रवेश गर्ने तथा सामान खरिद गर्न आउने उपभोक्तालाई १० देखि २५ प्रतिशतसम्म छुट दिँदै आएको छ । यो वर्षभरि नै पोखरा सस्तो बजारमा सामान किन्न आउने उपभोक्ताहरुलाई १० देखि २५ प्रतिशत छुट दिइने खतिवडाले जानकारी दिए ।
सञ्चालक खतिवडाले भने, ‘सस्तो बजारलाई अझै व्यवस्थित तथा सुविधा सम्पन्न बनाउन व्यवसायीहरु तथा सेवाग्राहीलाई छुट दिन लागेका हौँ ।’
सडक व्यापारलाई बजारभित्रै सहजहरुमा सञ्चालन गर्न सकिने गरि व्यवसायीलाई विभिन्न सामानका स्टल राख्न पाउने अधिकारका लागि धरौटी र स्टलमा भारी छुट दिइएको उनको भनाई छ ।
स्थानीय स्तरका कृषिजन्य सामग्रीहरुको प्रोत्साहन गर्ने बजारको उद्देश्य रहेको बताइएको छ । सटिङ–सुटिङ, सिलाई–बुनाई, बटन,ब्युटीपार्लर, कफी सप, फलफूल, माटाका भाँडा, सहकारी संस्था लगायतको व्यवसायीलाई ५० प्रतिशत छुट दिन लागिएको बजारले जनाएको छ ।
खतिवडाका अनुसार पोखरा सस्तो बजारमा उपभोक्ताले जुनसुकै कुरा किन्न र पाउन सक्ने छन् । बजारलाई अझै व्यवस्थित तथा सभ्य बनाउन अन्य अफरहरु पनि ल्याउने योजनामा बजार रहेको जनाइएको छ ।