पोग्बाको गोलमा म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम तेस्रो स्थानमा उक्लियो

   नयाँ दैनिक comment 0

वैसाख १, काठमाडौँ । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई २-१ गोलले पराजित गर्न सफल भएको छ । म्यानचेस्टरका लगि दुवै गोल फ्रान्सेली खेलाडी पाउल पोग्बाले गरेका हुन् ।

खेल सुरु भएको १९औँ मिनेटमा पोग्बाले गोल गरेका थिए । दोस्रो हाफको ५५औँ मिनेटमा वेस्टह्यामका फिलिपे एण्डरसनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि पोग्बाले ८०औँ मिनेटमा दोस्रो गोल गर्दै म्यानचेस्टरलाई जित दिलाएका हुन् ।

हिजै भएको प्रिमियर लिगका अन्य खेलहरुमा टोटनह्यामले हड्स्फिल टाउनलाई ४-० गोलले पराजित गरेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लुकास मौराले ह्याट्रिक गरेको खेलमा भिक्टर वान्यामाले टोटनह्यामका लागि एक गोल गरेका थिए ।

प्रिमियर लिगमा हिजो बर्नामाउथले ब्राइटनलाई ५-० ले पराजित गर्यो । त्यस्तै बर्नलीले कार्डिफलाई २-०ले, फुलहामले एभर्टनलाई २-०ले तथा साउथह्याम्पटमले उल्फह्याम्पटमलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *