प्रचण्डको परिवार नै बिरामी

   नयाँ दैनिक comment 0

माघ ८, काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको परिवार नै बिरामी परेको छ । प्रचण्डपत्नी सीता दाहाल सुमेरु अस्पतालको आइसीयू कक्षमा भर्ना भएकी छिन् । बुहारी खानेपानीमन्त्री विना मगर पनि सुमेरु अस्पतालमै भर्ना भएको बताइएको छ । प्रचण्डलाई भने चिकित्सकहरुले घरैमा उपचार गरिरहेका छन् । प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

भाइरलको ज्वरोका कारण केहीदिन अघिबाट प्रचण्ड नातिनि स्मिता दाहाल, दुई नातिहरु प्रसिद्ध दाहाल र प्रणव दाहाललाई ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएकोमा सोमबार डिस्चार्ज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *