प्रचण्डको सचिवालयले भन्यो– ‘भेनेजुयलाबारेको विज्ञप्ति नै आधिकारीक, फसाइएको होइन’

   नयाँ दैनिक comment 0

माघ १८, काठमाडौँ । भेनेजुयलाको बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिलाई तोडमरोड गरिएको भन्दै सचिवालयले आपत्ति जनाएको छ । अध्यक्ष प्रचण्डले भेनेजुएला सम्बन्धी विज्ञप्ति जारी गर्दै आन्तरिक मामलामा हस्तक्षेप नगर्न अमेरिकालाई सुझाव दिएका थिए ।

भेनेजुएला सम्बन्धी विज्ञप्ति जारी गर्दा प्रचण्डलाई फसाइएको आशयका समाचार सञ्चारमाध्यममा आएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

शुक्रवार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डको सचिवालयले भेनेजुयलाको राजनीतिक संकटको विषयमा नेकपाका अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारीक भएको स्पष्ट पारेको छ ।

‘केही सञ्चार माध्यमहरूले विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सिर्जना गर्न खोजेकोप्रति सचिवालयको गम्भीर ध्यानार्षण भएको छ । यस्ता भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गर्दछौं,’ सचिवालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *