प्रचण्डले भने- ‘एक वर्षभित्र पार्टीको महाधिवेशन हुन्छ’

   नयाँ दैनिक comment 0

बैशाख ९, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने बताएका हुन् ।

जिल्लाको नेतृत्व टुंग्याउने काम फलामे ढोकाजस्तै बनेको भन्दै नेतृत्व टुंगिएसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको समेत प्रचण्डले दावी गरे । पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले भने, ‘अब हामी एक छिन पनि ढिलो गर्न सक्दैनौं । हामीले हिजो सचिवालयमा पनि भनेका छौं । ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै सम्मेलन सक्नेछौं र एक वर्षभित्र महाधिवेशन सम्पन्न्न गरिसक्नु पर्नेछ । पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *