प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्रै नेकपाको जिल्ला नेतृत्व टुंगो लाग्ने

   नयाँ दैनिक comment 0

चैत ३, काठमाडौँ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट फर्केपछि मात्रै नेकपाको जिल्ला नेतृत्व टुंगो लाग्ने भएको छ । प्रचण्ड आजै श्रीमतिको सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।  फर्कन समय लाग्ने भएकाले तत्कालै नेतृत्व टुंगो नलाग्ने र फर्किएपछि मात्रै एकता प्रक्रिया टुंगो लाग्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

पूर्वएमालेभित्र अझै केही विवाद बाँकी रहेकाले जिल्ला अध्यक्ष र सचिवहरुको टुंगो नलागेको स्रोतको दावी छ । 

महासचिव विष्णु पौडेलले जिल्लाको संख्या प्रतिशतमा बाँड्ने भन्दा पनि व्यक्तिको बरिष्ठता, योग्यता, क्षमता र आवश्यकताका आधारमा अध्यक्ष तथा सचिव चयन गर्ने विधिबाट छलफल भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *