प्रत्यक्षदर्शी भन्छन्– ‘हेटिकोप्टर दुर्घटनास्थल दाह्रेढुङ्गामा आगो बलिरहेको छ’

   नयाँ दैनिक comment 0

फाल्गुण १४, काठमाडौँ ।  पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको ठाउँ दाह्रढुङ्गामा आगो बलिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’ स्रोतका अनुसार हेलिकोप्टर खोज्न प्रहरी टोली परिचालन भइसकेको छ । 

घटनापछि प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *