प्रदेश नं १ ले पनि प्रहरी ऐन बनाउने

   नयाँ दैनिक comment 0

चैत २६, काठमाडौँ । नेपालको संविधान २०७२ को धारा २६८ को उपधारा (२) र (३)मा भएको व्यवस्था अनुसार १ नं प्रदेश सरकारले पनि प्रहरी ऐन निर्माण गर्न लागेको हो ।

संविधानको उक्त धारालाई टेकेर प्रदेश २ ले यसअघिनै प्रहरी ऐन बनाएको थियो ।तर प्रदेश सरकारले बनाउने ऐन संघीय ऐनसँग बाझिएको खण्डमा बाझिएको हदसम्म खारेज हुने व्यवस्था संविधानमानै उल्लेख छ ।

संघीय सरकारले प्रहरी सम्बन्धी कानून बनाउन ढिला गरिरहेका बेला प्रदेश नं १ ले आफ्नो प्रदेशका लागि प्रहरी ऐन निर्माण गर्न लागेको हो । गतहप्ता बसेको प्रदेश मन्त्रीपिषदको बैठकले प्रदेश प्रहरी गठन, सेवा, सुविधा र  सर्तहरु सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सहमति दिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *