प्रदेशमन्त्रीको गुहार : ‘घाइतेहरु छट्पटाउँदै छन्, काठमाडौँ वा चितवनतिरबाट डाक्टरहरु आइदिनुपर्यो’

   नयाँ दैनिक comment 0

चैत १८, काठमाडौँ । बारा र पर्साका अस्पतालहरुमा डाक्टरको अभाव खड्किएको छ । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले यस्तो जानकारी दिँदै सहयोगको लागि गुहार समेत मागेका छन् ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन् । यहाँ डाक्टरहरुको ठूलो अभाव खड्किएको छ, त्यसैले तत्कालै चितवनबाट हुन्छ कि काठमाडौंबाट हुन्छ, चिकित्सकहरुको टोली आइदिनुपर्‍यो ।’

आइतबार राति आएको आँधीहुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भइसकेको छ । ४ सयभन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

मन्त्री सोनलले भनेका छन्, ‘मृत्यु हुनेहरुको त भइहाल्यो, तर, अस्पतालहरुमा छटपटाइरहेका घाइतेको अवस्था दर्दनाक छ, गाउँमा अझै कतिपय घाइतेहरुको उद्धार हुन बाँकी छ । औषधि र चिकित्सकको ठूलो अभाव खड्किएको छ ।’

तत्कालै गर्नुपर्ने काम चिकित्सकको अभाव पूर्ति गर्नु रहेको बताउँदै मन्त्री सोनलले आँधीको चपेटामा परेर घरबार गुमाएकाहरुको खानपिन र बासका लागि समेत सबैसँग सहयोगको अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *