प्रदेश २ मा पनि नेकपाकै नेतृत्वमा सरकार बन्न सक्छ : प्रचण्ड

   नयाँ दैनिक comment 0

बैशाख १७, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को सरकार पनि नेकपाकै नेतृत्वमा बन्न सक्ने बताएका छन् । तराई–मधेस फोरमका अध्यक्ष अमर यादवसहितको टोलीलाई आज नेकपामा प्रवेश गराउँदै प्रचण्डले फोरम नेपालफोरम–राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको समेत जिकिर गरे । उनले भने, ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन ।’

तराई–मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बने मात्रै त्यहाँका जनताको हित हुने प्रचण्डले बताए । ‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा व्यक्ति–व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो ।’ उनले भने, ‘यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’

मधेसको ठूलो दल भए पनि सरकार बनाउन नेकपालाई सत्तारुढ फोरम वा राजपामध्ये एकको समर्थन चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *