प्रधानमन्त्रीद्वारा त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय उद्घाटन

   नयाँ दैनिक comment 0

असार २५, काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा एक विशेष समारोह बीचमा त्रिभुवन विश्वविद्यालयले ६० औं वार्षिक उत्सव मनाएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीका साथै सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन  उद्घाटन गरे । हिजोदेखि परेको पानीले उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो । त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे ।उद्घाटन गर्ने दिन सम्मपनि भवनको अगाडिको भाग बिजोग हुँदा कार्यक्रम नै खल्लो देखिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *