प्रधानमन्त्री ओलीद्वारा सिरुवा पर्वको शुभकामना

   नयाँ दैनिक comment 0

वैशाख २, काठमाडौँ । सिरुवा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित शुभकामना दिएका छन् । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले सिरुवा पर्व मनाउँछन् ।

लिखित शुभकानमा दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपालीहरुलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।’

प्रधानमनत्रीले सबै जातजतीको मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्दै सिरुवा पर्व मनाउने दिदी बहिनी तथा दाजुभाइहरुको सुस्वास्थ तथा दीर्घायुको शुभकानमा व्यक्त गरेका हुन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *