प्रहरीले महराको डीएनए परीक्षण गर्ने

   नयाँ दैनिक comment 0

असोज २८, काठमाडौँ । प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण गर्ने भएको छ । घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो । महरालाई जबर्रजस्ती करणीको आरोप छ ।

अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको हो कि होइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री पनि बरामद गरिसकेको छ ।

संसद सचिवालयमै कार्यरत पीडित महिलाले १३ असोजमा घटना सार्वजनिक गर्दै आफू सभामुखबाट बलात्कृत भएको बताएकी थिईन् ।

प्रहरी कन्ट्रोल १०० मा फोन गरेको भोलिपल्ट भिडियो सार्वजनिक भएपछि मात्रै प्रहरीले ती सबुत संकलन गरेको थियो । चस्मा वा जुत्ताको जिब्रीमा अभियुक्तको पसिना हुन सक्ने भएकाले डीएनए परीक्षण गरेर दाँज्न खोजिएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *