प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित

   नयाँ दैनिक comment 0

चैत २०, काठमाडौँ । गतसाता मात्र अन्तरिम प्रशिक्षकबाट पूर्णकालीन प्रशिक्षकमा नियुक्त भएका ओले गनरको म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । हिजो भएको प्रिमियर लिगको ३२औँ खेलमा उल्फह्याम्पटमसँग म्यानचेस्टर युनाइटेड २-१ गोल अन्तरले पराजित भएको हो ।

फ्रेडको पासमा स्कट म्याकटोमेनिले २७औँ मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई अग्रता दिलाए पनि आफ्नो अग्रता टिकाउन नसक्दा उल्फह्याम्पटमका डियगो जोटाले २५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । खेलको ५७औँ मिनेटमा आस्ले योङ्ग दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि म्यानचेस्टर युनाइटेड दवाबमा परेको थियो ।

क्रिस स्मलिङ्गले ७७औँ मिनेटमा आफ्नै पोस्टमा गोल गर्न पुग्दा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण ३ अंक गुमाउन बाध्य भयो । यो हारले च्याम्पियन्स लिगमा छनोट हुन म्यानचेस्टर युनाइटेडले अझ संघर्ष गर्नुपर्ने हुन्छ ।

प्रिमियर लिगकै अन्य खेलमा वाटफोर्डले फुलहामलाइ ४-१ गोल अन्तरले पराजित गरेको छ । रेलिगेसन जोनमा संघर्ष गरिरहेको फुलहामलाई हिजोको हारले आगामि सिजन प्रिमियर लिगमा रहन कठीन हुने देखिन्छ ।  –तस्विर : गुगलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *