फागुनमा स्ववियु चुनाब हुने, २८ वर्षे उमेरहद

   नयाँ दैनिक comment 0

पुस २३, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाब आउँदो फागुनमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने परिपत्र गरिसकेको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।त्रिविले फागुन महिनामा निर्वाचन गर्ने भने पनि मिति भने किटान गरेको छैन । त्रिविले फागुन महिनामा निर्वाचन गर्ने भने पनि मिति भने किटान गरेको छैन ।
हाल रहेका स्ववियु पदाधिकारीको आउँदो फागुन १८ गते २ वर्षे कार्यकाल सकिने भन्दै त्रिविले नयाँ चुनावको तयारी गर्न आग्रह गरेको हो । त्रिविमा स्ववियु पदाधिकारी निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेरभित्रको विद्यार्थी हुनुपर्ने व्यवस्था छ । यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *