फुटको कुरा गर्ने वेइमान र जनविरोधी : पौडेल

‘टुटफुट, गुट र उपगुटमा रमाउने होइन कि देशको नेतृत्व गर्न लायक शक्तिशाली नेकपा चाहिएको छ’
   नयाँ दैनिक comment 0

माघ २७, काठमाडौँ । सत्तारुढ नेकपाका स्थायी समिती सदस्य देवेन्द्र पौडेल ‘सुनिल’ले फुटको कुरा गर्नेलाई वेइमान र जनविरोधीको संज्ञाको दिएका छन् । प्रतिनिधि सभाका सांसद समेत रहेका नेता पौडेलले सामाजिक सञ्जाल फेसवुकमार्फत फुट र विभाजनको कुरा गर्नुलाई वेइमानी र जनविरोधीको संज्ञा दिएका हुन् । देशको नेतृत्व गर्न सक्ने शक्तिशाली नेकपा चाहिएको उनको भनाई छ ।

पौडेलले आइतबार दिउँसो फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकिकरणकै प्रक्रिया पुरा नहुँदै फुट र बिभाजनको कुरा गर्नु गलत, बेइमानी र जनविरोधी छ ।’

‘टुटफुट, गुट र उपगुटमा रमाउने होईन कि देशको नेतृत्व गर्न लायक शक्तिशाली नेकपा चाहिएको छ । दुवै आदरणीय अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डलाई त्यो भुमिका निर्वाह गर्नुहुन हामी सबैको विशेष अनुरोध छ ।’ उनले लेखेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डप्रति इंकित गर्दै नेता इश्वर पौडेलले सनक र उत्तेजक व्यक्तिलाई नेतृत्वमा ल्याउन नहुने बताएको भोलिपल्टै पौडेलले यस्तो अभिव्यक्ति दिएका हुन् ।

आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारेका छन् । उनले भने, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसहेको बताए । ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *