फोरम नेपाल र नेकपाबीच एकता हुने

   नयाँ दैनिक comment 0

बैशाख १७, काठमाडौँ । फोरम नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरण हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका अध्यक्ष अमर यादवले जानकारी दिए । सो पार्टी उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको थियो ।

क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादव ले मधेशमा समस्या समाधानका लागि नेकपासँग एकीकरण गर्न लागेको बताए । मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेन ।

तत्कालिन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादवले मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको आरोप लगाउँदै उपेन्द्र यादव नेतृत्वको पार्टी छोडेर नयाँ पार्टी गठन गरेका थिए ।‌‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *