फोहोर सोहोर्दै बाबुराम

   नयाँ दैनिक comment 0

पुस १४, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराई काठमाडौँको गोंगबु एरियाको फोहोर सोहोर्न पुगेका छन् । उनको नेतृत्वमा नयाँ शक्ति पार्टीले गोंगवु एरियामा शनिबार बिहान सरसफाई कार्यक्रम गरेको हो ।


आज मात्रै होइन, समय–समयमा काठमाडौँका विभिन्न ठाउँको सरसफाईमा बाबुराम पुग्ने गर्दछन् । प्रधानमन्त्री हुँदा पनि प्रायः शनिबार उनी बाग्मती सफाई अभियानमै निस्कन्थे । गत बिहीबार सदनमा बोल्दै काठमाडौँ फोहोर भएको र चिल्ला गाडीभित्र बस्दा बाहिरको धुलो नदेखिएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका थिए । उनीसँगै नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारण समेत सरसफाईमा जुटेका छन् ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *