फ्रान्सको पुरानो चर्चमा आगलागी १ जना घाइते

   नयाँ दैनिक comment 0

बैशाख ३, काठमाडौँ । फ्रान्सको राजधानी पेरिस नजिकै रहेको ८५० वर्ष पुरानो क्याथोलिक चर्चमा आगलागी भएको छ । ऐतिहासिक ‘नोट्र डाम क्याथेड्रल’ चर्च जीर्णोद्धार गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीमा परेर एकजना घाइते भएको जनाइएको छ ।

आगलागीबाट चर्चको छानो खसेको छ, साथै काठका हस्तकलाहरू नष्ट भएको बताइएको छ । चर्चको मुख्य भवन र घन्ट झुण्याइएको दुई टावर भने आगोबाट सुरक्षित रहेको जनाइएको छ। उक्त चर्चमा सोमबार मध्यान्हदेखि आगलागी भएको थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोनले आगलागी भएको चर्चको भ्रमण गर्दै यस घटनालाई ‘भयानक त्रासदी’ भन्दै दु:ख व्यक्त गरेका छन् । उनले चर्च पुनर्निर्माणका लागि  फ्रान्सेली तथा अन्तराष्ट्रिय संस्थासँग सहयोगको आग्रह समेत गरेका छन् । 

चर्चमा भएको आगलागीप्रति विश्वभर विभिन्न कार्यक्रम गर्दै दुःख व्यक्त गरिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *