बाढी ,पहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ७० नाघ्यो

   नयाँ दैनिक comment 0

असार ३१, काठमाडौँ। देशैभरि केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण मंगलबार दिउसोसम्म ज्यान गुमाउनेको संख्या ७० नाघेको छ । त्यस्तै गृह मन्त्रालयका अनुसार ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार भन्दा बढी घर परवार विस्थापित भएका छन्।अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । प्रदेश नं २ को सरकारले खर्च गर्ने गरी आठवटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि रु १० लाखका दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवं मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको समेत गृह मन्त्रालयले जानकारी दिएको छ ।गृह मन्त्रालयका अनुसार अझै पूर्ण रुपमा वर्षा नरोकिएकाले सबैमा सतर्क रहन पनि आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *