बाबुराम र उपेन्द्रबीच पार्टी एकता, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाने

   नयाँ दैनिक comment 0

बैशाख २३, काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच आज एकीकरण भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई र उपप्रधानमन्त्री यादवले आज प्रज्ञा भवन, कमलादीमा पार्टी एकतासम्वद्धि ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

एकतापछि बनेको नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको बताइएको छ । पार्टी एकताको घोषणासँगै नयाँ पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाने समेत सहमति गरेको छ ।  नयाँ पार्टी ‘समाजवादी पार्टी नेपाल’ अब १७ सिट सहित संसदको तेस्रो ठूलो दल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *