बारको निर्वाचनमा अध्यक्ष श्रेष्ठसहित वामपन्थीको वर्चस्व

   नयाँ दैनिक comment 0

चैत २२, काठमाडौँ । देशभरका वकिलहरुको साझा संगठन नेपाल बार एशोसिएसनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित वामपन्थी प्यानलको वर्चस्व भएको छ । श्रेष्ठका प्रत्यासी सुनिल पोखरेललाई महासचिव हुँदाको सक्रियताका आधारमा बलियो उम्मेदवारका रुपमा हेरिए पनि उनी विजयी बन्न सकेनन् ।

सुनिलले कांग्रेससम्बद्ध केही बरिष्ठ अधिवक्ताको मत नपाएको र चण्डेश्वरले पनि रमण समूहको केही मत नपाएको वकिलहरु नै बताउँछन् । तर, नेकपाले चण्डेश्वरको जितहारलाई पार्टीको प्रतिष्ठासँग जोडेर नेताहरु नै खटिएकाले वामपन्थीको विजय सहज बनेको स्रोतले बताएको छ ।

बारको चुनावलाई कम्युनिस्ट सरकारको लोकप्रियतसँग जोडेर प्रचार गरेकाले पनि नेकपासम्वद्ध वकिलहरु दबावमा थिए । वामपन्थीले जितेमा सत्ताको ताबेदारी गर्ने र स्वतन्त्र न्यापालिकाको पक्षमा उभिन नसक्ने विपक्षीको दाबी थियो । यद्यपि महासचिव र एक उपाध्यक्ष भने लोकतान्त्रिक प्यानलले फुत्काएको छ ।

वामपन्थीले तीन वर्षपछि अध्यक्ष जिते पनि सिंगो कमिटीमा बलियो उपस्थिति भने ६ वर्ष पछि हो । वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग पोखरेल जम्मा १४९ मतान्तरले पराजित भएका हुन् । श्रेष्ठले ४०२२ मत प्राप्त गरी वामपन्थी प्यानललाई पुनरागमन गराउँदा पोखरेलले ३८७३ मत मात्रै प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *