बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो, ५०० भन्दा बढी घाइते

   नयाँ दैनिक comment 0

चैत १८, काठमाडौं । बारा र पर्सा जिल्लामा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन् । कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । घाइतेको धेरै हुँदा अस्पताल भरिएको र उपचारमा कठिनाई परेको बताइएको छ ।

धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *