बारको चुनावमा प्रजातान्त्रिक प्यानलको अग्रता

   नयाँ दैनिक comment 0

 

चैत २०, काठमाडौँ । नेपाल बार एशोसियसनको चुनावमा मत गणना भैरहेको छ । उपत्यका बाहिरको मत गणना सकिँदा प्रजातान्त्रिक प्यानलले अग्रता लिएको छ ।

प्रजातान्त्रिक प्यानलका तर्फबाट अध्यक्षका उमेद्वार सुनीलकुमार पोखरेल १७ सय ८७ मतका साथ अगाडि छन् भने वामपन्थी प्यानलका उमेद्वार चण्डेश्वर श्रेष्ठको १५ सय ६१ मत रहेको छ ।

उपत्यका बाहिरको ३ हजार ४ सय ८७ मत गणना सकिँदा सुनीलकुमार पोखरेलले चण्डेश्वर श्रेष्ठको भन्दा २ सय ३६ मतले अग्रता कायम गरिरहेका छन् ।

सात प्रदेशका एक-एक उपाध्यक्ष र महिला उपाध्यक्षमा पदमा पनि प्रजातान्त्रिक प्यानल अगाडि छ । महासचिवमा प्रजातान्त्रिक प्यानलका लिलामणी पौडेलले १७ सय ९५ मत प्राप्त गरेका छन् भने वामपन्थी प्यानलका उमेद्वार सुरेन्द्र थापामगरले १४ सय ९५ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलका तेजबहादुर रावलको १६ सय ९४ मत छ भने वामपन्थी प्यानलका रुद्रप्रसाद पोखरेलको १५ सय ७० मत छ । त्यस्तै अन्य पदहरुमा पनि प्रजातान्त्रिक प्यानलनै अगाडि देखिएको छ ।

नेपाल बार एसोसियसनको चैत १६ गते २५ कार्य समितिका लागि देशभरिबाट ३५ मतदान केन्द्रबाट मतदान भएको थियो । जम्मा ३८ सय ७४ मत मध्ये आज १२ सय ७९ मत गणना हुनेछ भने भोलि २५ सय ८५ मत मत गणना गरिने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *