बालुवाटारबाट विवेकशीलका नेता कार्यकर्ता पक्राउ

   नयाँ दैनिक comment 0

बैशाख ४, काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवास कार्यलयको जग्गा भूमाफियाले कब्जा गरेको बिरोध स्वरुप प्रधानमन्त्री कार्यालयका जग्गामा नेपाली झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत् सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको नाममा बिक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दल बिरोधमा उत्रिएका थियो । नारा लगाउदै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले  उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिनेक्रममा उनीहरुले बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउनेमा त्यसो गर्न नदिएको र नागरिकको हकमाथि हनन् गरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *