चैत १९, चितवन । बोरामा राखिएको शवसहित दुई जनालाई चितवन जिल्ला प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको मोतीहारी घर भई भरतपुर–२ क्षेत्रपुर बस्ने ४० वर्षीया रम्बादेवी साह र उनका भाइ २६ वर्षीय विगन साह रहेको प्रहरीले बताएको छ । उनीहरुले १७ वर्षीया बहिनी परीकुमारी साहलाई अन्त्येष्टिका लागि नारायणी नदी किनारमा लैजाँदै गरेका थिए ।
उनीहरुले सलको पासो लगाई आत्महत्या गरेपछि अन्त्येष्टिका लागि बहिनीलाई नदीतर्फ लैजाँदै गरेको वयान प्रहरीलाई दिएका छन् ।