बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री

   नयाँ दैनिक comment 0

साउन ७, काठमाडौँ ।बेलायतमा प्रधानमन्त्री टेरेजा मेको राजीनामापछि बोरिस जोनसन बेलायतका नयाँ प्रधानमन्त्री हुने भएका छन्। हिजो भएको कन्जरभेटिभ पार्टीका नेताको चुनावी परिणाम मंगलबार साँझ सार्वजनिक गरिएको छ। चुनावी परिणाम अनुसार बोरिसले ९२ हजार १ सय ५३ मत पाएका छन भने उनका प्रतिष्पर्धी विदेश मन्त्रीसमेत रहेका जेरेमी हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् ।  ब्रेक्जिट अभियानमा खुलेर लागेका जोन्सन सन् २००८ देखि ०१६ सम्म लन्डन महानगरका मेयर बनेका थिए। उनलाई ३१ अक्टोबरभित्र ईयू छाड्ने मुद्दा  पार लगाउने मुख्य चुनौती रहेको छ । बुधबारदेखि उनले सपथ ग्रहण गर्नुका साथै जिम्मेवारी सम्हाल्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *