भक्तपुरमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

   नयाँ दैनिक comment 0

बैशाख ४, काठमाडौँ । भक्तपुरबाट च्यामासिंह-ब्रम्हयाणीतर्फ गैरहेको ट्रककले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

बा५ख ३८३९ नंको निशान ट्रकले  हिजो राती ७ बजे ठक्कर दिँदा रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक चालक सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *