भागबन्डामा पदाधिकारी नियुक्ति लज्जास्पद : डा. केसी

   नयाँ दैनिक comment 0

साउन २१, काठमाडौँ । डाक्टर गोविन्द केसीले त्रि वि पदाधिकारीको नियुक्तिको विषयलाई लिएर बिरोध जनाएका छन्। उनले विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले दलिय भागबन्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद भएको भन्दै  निर्णय सच्याउन माग गरेका छन् । उनले देशमा उच्च शिक्षाको अहिलेको अस्तव्यस्तता कायम राखी लहडको भरमा कुनै विश्वविद्यालय नथप्न पनि आग्रह गरेका छन्।आयोग अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल र सदस्यमा प्राध्यापक हेमराज ढकाललाई नियुक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *