भारतमा टिकटक बन्द हुने

   नयाँ दैनिक comment 0

बैशाख ४, काठमाडौँ । भारतीय सरकारले गुगल तथा एप्पल स्टोरलाई गरेको आग्रह अनुसार भारतमा टिकटक बन्द हुने भएको छ ।

भारतीय सरकारले हिजोमात्रै भारतमा टिकटक बन्द गराउन गुगलस्टोर तथा एपस्टोरलाई आग्रह गर्दै पत्राचार गरेको थियो । उक्त आग्रहलाई ती एपस्टोरहरुले स्वीकार गरि भारतमा टिक टक डाउनलोड गर्न नमिल्ने बनाएको छ । 

तर भारतीय टिकटक प्रयोगकर्ताहरुले भने पहिलेनै डाउनलोड गरि सुरक्षित गरेका टिकटक एप भने चलाउन पाउने छन् । नयाँ प्रयोगकर्ताले भने भारतमा टिकटक प्रयोग गर्न पाउने छैनन् ।

युवा पुस्तामाझ लोकप्रिय रहेको टिकटकको भारतमा १२ करोड भन्दा बढि प्रयोगकर्ता रहेको जानइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *