भारतलाई पराजित गर्दै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

   नयाँ दैनिक comment 0

असार २५, काठमाडौँ । बेलायतमा जारी विश्वकप क्रिकेट प्रतियोगीतामा भारतलाई १८ रनले पराजीत गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ। न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको पहिलो सेमिफाइनल खेललाई आज खेलाइएको थियो।  म्याट हेनरी र ट्रेन्ट बोल्टले भारतका ओपनर रोहित शर्मा, कप्तान विराट कोहली र अर्का ओपनर केएल राहुललाई आउट गर्दै न्यूजिल्याण्डलाई गतिलो सुरुवात दिलाएका थिए। तीनै खेलाडी समान १ रन बनाएर आउट भए। भारतलाई पराजित गर्ने क्रममा न्युजिल्याण्डका ट्रेन्ट बोल्ट ,हेनरी तथा फर्गुशनले बलिङ्ग तर्फ उत्कृष्ट पारि खेले ।  लगातार दोस्रो पटक फाइनल पुगेको न्यूजिल्याण्डले अब अष्ट्रेलिया र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *