भारतीय चुनाव : नेपाली सीमा २ दिन बन्द हुने

   नयाँ दैनिक comment 0

चैत २७, काठमाडौँ । भारतीय लोकसभा चुनावका लागी भन्दै नेपाल-भारत सीमा २ दिनका लागि बन्द हुने भएको छ । आगामी चैत २८ गते भारतको उत्तराखण्डमा लोकशभा चुनाव हुदै छ ।

निर्वाचनको समयमा सुरक्षालाई ध्यानमा राख्दै नेपाल-भारत सीमा नाका बन्द गर्ने प्रचलन दुवै देशको रहेको छ । यसैकोलागि कञ्चनपुरको गड्डाचौकी तथा कैलालीको गौरीफन्टा नाका मंगलबार राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द हुने जनाइएको हो । 

अघिल्लो साता भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच दुईदिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो । नेपालको सीमाना रहेको भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो । कैलालीको गौरीफन्टा तथा कञ्चनपुरको गड्डाचौकी नाका बन्द गरेसँगै आवतजावत लगाएत अन्य सुरक्षा व्यवस्था कडा गरिएको हो । तर अत्यावश्यक सवारीसाधन चलाउनका लागि भने दुवै देशका प्रतिनिधि बसेर समन्वय गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *