भारतीय सांसदले नेपालीलाई दिइन् ‘चौकीदार’को संज्ञा

   नयाँ दैनिक comment 0

फाल्गुण २८, काठमाडौँ । छिमेकी मुलुक भारतकी एक सांसदले नेपालीलाई ‘चौकीदार’को संज्ञा दिएकी छिन् । आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले एक ट्वीटमार्फत चौकीदार चाहिए नेपालबाट मगाउन सकिने बताउँदै नेपालका चौकीदार चोर नहुने समेत बताएकी छिन् । लाम्बा दिल्लीको चाँदनी चोकबाट सांसद निर्वाचित भएकी हुन् ।

उनले आज मंगलबार बिहान पौने ९ बजे एक ट्वीट गरेकी छिन्, ‘प्रिय भारतबासी, कृपया यस पटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’

उनको यो अभिव्यक्ति राजनीतिक रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको प्रहार हो । आगामी चुनावलाई लक्षित गर्दै उनको यो अभिव्यक्ति आएको हो । यद्यपि चौकीदार चाहिए नेपालबाट मगाउन सकिने अभिव्यक्तिले नेपालीको हैसियत ‘चौकीदारी’ हो भन्ने सन्देश दिएको छ ।

उनको यो ट्वीटमा नेपालीले अपमान महसुस गर्दै विरोध गरेका छन् । नेपाली चोर हुँदैनन् भने प्रशंसा गरे पनि चौकीदारले ‘वफादार कुत्ता’ भन्ने पनि जनाउँदछ । के नेपालीहरु चौकीदारीमा मात्रै सक्षम हुन् त ? आलोचनासहित उनलाई नेपाली टुइटेले प्रश्न तेस्र्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *