भुलचुकले होइन, जानीबुझी नै ‘मेरो सरकार’ राखिएको हो : प्रधानमन्त्री

   नयाँ दैनिक comment 0

बैशाख २४ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भुलचुकले होइन, जानीबुझी नै सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्द राखेको प्रतिक्रिया दिएका छन् । सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

ओलीले अन्तर्राष्ट्रिय अभ्यासहरु पनि हेर्न पनि आग्रह गर्दै भने, ‘अलिकति त्यो शब्दावली उपयुक्त भएन कि। बेलायत हाम्रो मित्रराष्ट हो र नकारात्मक टिप्पणी गर्नु बान्छनिय हुँदैन ।’ भारतमा पनि मेरो सरकार भन्ने गरिएको तर, संविधानमा मेरो सरकार भन्नुपर्छ भनेर नलेखिएको ओलीको भनाई छ ।

राजा महाराजाले मेरो भन्ने जनताको प्रतिनिधिले अपनत्व लिएर मेरो सरकार भन्दा फरक नपर्ने उनको तर्क थियो । नीति तथा कार्यक्रमको आलोचना गर्नेहरुले सामान्य कुरामा बढी बल लगाएको उनले आरोप समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *