भूकम्प पुनर्निर्माणमा खटिने प्राविधिक तथा इन्जिनियरले भत्ता पाउने

   नयाँ दैनिक comment 0

चैत ११, काठमाडौँ । भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माणमा खटिएका प्रविधिक तथा इन्जिनियरले भत्ता पाउने भएका छन् । शतप्रतिशत भत्ता लगायतको माग राख्दै उनीहरु आन्दोलनमा थिए । आन्दोलनका कारण पुनर्निर्माणको काममा तिब्रता हुन नसकिरहेको बेला प्राविधिक तथा इन्जिनियरले उठाएको मागलाइ सम्वोधन गर्न अर्थ मन्त्रालय सहमत भएको हो ।

पुनर्निर्माण प्राधिकरण अन्तर्गत करिव ३ हजार प्राविधिक तथा इञ्जिनियर कार्यरत छन् । उनीहरुले दुर्गमभत्ता, प्रोत्साहन भत्ता, बीमा र अतिरिक्त कामको भत्ता लगायतका माग राखी आन्दोलन गरिरहेका छन् । कामै नगरी भत्ता लिने गरेको गुनासो बढेपछि साउनदेखि सरकारले तलब बाहेका सुविधा रोकेको थियो ।

भूकम्पले नीजि आवाश भत्किएर अनुदान पाउनबाट बञ्चित भएकाहरुको लागि प्राधिकरणले अन्तिम पटक लगत संकलन गर्न लागेको हो । यसरी क्षति बेहोरेका वास्तविक पीडित नछुटुन भनेर चैत १५ गतेदेखि सबै भूकम्प प्रभावित जिल्लाहरुका स्थानीय तहबाट लगत समकलन गर्न लागिएको प्राधिकरण स्रोतले जनाएको छ ।

भूकम्प पुनर्निर्माण प्राधिकरणले स्थानीय तहका पदाधिकारीहरुलाइ वास्तविक पीडितको मात्र यथार्थपरक लगत संकलन कार्यमा सहयोग मागेको छ । नक्कली भूकम्प पीडित खडा गरि अनुदान दिन खोजिएमा जनप्रतिनिधि कारवाहीमा पर्ने पनि प्राधिकरणले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *