भूमिसुधारमन्त्री पद्माले भनिन्- ‘पौडेलको बालुवाटारको जग्गा जफत हुँदैन’

   नयाँ दैनिक comment 0

बैशाख १४, काठमाडौँ । सत्तारुढ नेकपाकी नेतृ तथा भूमिसुधारमन्त्री पद्मा अर्यालले नेकपाका महासचिव विष्णु पौडेलका छोराको नाममा बालुवाटारमा रहेको जग्गा जफत नहुने दावी गरेकी छिन् । भूमाफियाहरुले व्यक्तिको नाममा लगेको ललितनिवासको साढे ४ सय कित्ता किटान गरेर रोक्का गरिएको तर नेता विष्णुले आफ्ना छोरा नविनको नाममा किनेको जग्गा भने मोही कायम भइसकेकाले वैधानिक भएको उनको तर्क छ ।

यसबारे छानविन भइरहेको भन्दै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले थपिन् ‘जहाँसम्म विष्णु पौडेलको छोरा नविनले किन्नु भएको जग्गा छ, त्यो मोही कायम भएको जग्गा हो ।’ प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास विस्तार गर्दा व्यक्तिको जग्गा लिएर ललितानिवासमा सट्टा दिएको र त्यसमध्ये केही राजकुलो, बाटो भएको पाइएको मन्त्री अर्यालले बताईन् ।

सरकारले नै मोही कामय गरेर व्यक्तिमा हस्तान्तरण हुँदै छैटौं व्यक्तिका रुपमा नविनको नाममा पुगेको जानकारी दिँदै अर्यालले सो जग्गा जफत नहुने स्पष्ट पारेकी छिन् । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा भने व्यक्तिको नाममा गइसकेको भए पनि जफत हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *