भेनेजुएलालाई हराउंदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

   नयाँ दैनिक comment 0

असार १४, काठमाडौँ। कोप अमेरिका अन्तर्गत गएराति भएको प्रतिस्पर्धामा  अर्जेन्टिना सेमी फाइनल प्रवेश गरेको छ।  भेनेजुएलालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो। खेलको सुरुवातमै लाउटरोको गोल मार्फत अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफको ७४ औं मिनेटमा लो सेल्सो गोल मार्फत अग्रतालाई दोब्बर परेको थियो। लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई भेनेजुएलाले  खेल अवधिभर कडा चुनौती दिएको थियो।भेनेजुएलाको गोल फर्काउने पटक पटकको प्रयास अर्जेन्टिनाको डिफेन्सले विफल बनाएको थियो।पहिलो चरणको खेलमा कोलोम्बियासंग २-० को हार व्यहोरेको अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा पारगुएसंग १-१ को बराबरी खेल्दा अघिल्लो चरण प्रवेशको सम्भावना निकै कठिन बनेको थियो। तर अन्तिम खेलमा कतारलाइ २-०ले पराजित गरे पछि भने उसको क्वाटर फाइनल प्रवेश सहज बनेको थियो। पारगुए कोलोम्बिया संग पराजित भएसंगै अर्जेन्टिना समूह उपविजेता हुँदै क्वाटर फाइनल प्रवेश गरेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *