भेनेजुयलाबारे ओली र प्रचण्डको अभिव्यक्ति बाझियो

   नयाँ दैनिक comment 0

माघ २४, काठमाडौँ । भेनेजुलयाबारे सत्तारुढ नेकपाका दुई अध्यक्षको अभिव्यक्ति बाझिन थालेको छ । एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा जुहारी चलेको छ । ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए ।

पछिल्लो पटक अमेरिकी राजदूतलाई भेटेपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको अभिव्यक्ति दिए । तर, भोलिपल्ट प्रचण्डले त्यसमा काउन्टर दिएका छन् । सचिवालयले वक्तव्य दिइसकेकाले व्यक्तिले के भन्छ, त्यसको अर्थ नरहने प्रचण्डको भनाई छ ।

चितवन पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले त तपाईंको वक्तव्य चिप्लिएकै हो भन्नु भएको छ नि भन्ने प्रश्न सोधेका थिए । जवाफमा उनले भने, ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो मैले हेरेको छैन । तर, प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ राख्दैन ।’

स्वतन्त्र, सावभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरी हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफूले राजनीतिक वक्तव्य दिएको उनले स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डको विज्ञप्तिबारे ओलीले हिजो भनेका थिए, ‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभो । तर, त्यसकै पछाडि देश–देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । त्यही सुरुवात वा अन्त्य होइन । स–साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *