भेनेजुयलाबारे पार्टीमा अन्यौल र दुविधा छैन : नेकपा

   नयाँ दैनिक comment 0

माघ २१, काठमाडौँ । सरकारको नेतृत्व गरेको दल नेकपाले भेनेजुयलाबारे पार्टीमा अन्यौल र दुविधान भएको स्पष्ट पारेको छ । भेनेजयुलाबारे पार्टीभित्र दुई खेमा भएको आशंका भइरहेका बेला आज सोमबार पार्टीको सचिवालयको बैठकपछि एक विज्ञप्ति निकाल्दै नेकपाले सो कुराको स्पष्ट पारेको हो ।

पार्टीका महासचिव विष्णु पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धका प्रश्नमा हाम्रो पार्टीमा कुनै अन्यौल र दुविधा छैन । यस सम्बन्धमा पार्टीका दृष्टिकोण र नीतिहरु स्पष्ट र स्थीर छन् ।’

नेकपाले आफूहरु विश्व शान्ति, समझदारी र समृद्धिको पक्षमा भएको पनि बताएको छ । ‘हालैका दिनहरुमा भेनेजुयलामा भएका राजनीतिक घटनाक्रमहरुप्रति हाम्रो पार्टी केन्द्रीय सचिवालयको ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘विश्व शान्ति, समझदारी र समृद्धिको पक्षमा छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *