भेरी नदीमा बस खस्यो, ३ को मृत्यु

   नयाँ दैनिक comment 0

फाल्गुण २, काठमाडौँ । भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुमको राडीतर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका १ रिम्नामा सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । अहिलेसम्म ३ जनाको शव भेटिएको छ भने ५ जनाको उद्दार भएको बताइएको छ ।

अहिले सो क्षेत्रमा पानी परिरहेकाले उद्दारमा समस्या पारेको छ । दुर्घटनाको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रिम्नाको टोली उद्दारमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *