भ्रष्टाचारको अभियोगमा अख्तियारका पूर्वआयुक्त विरुद्ध मुद्दा दर्ता

   नयाँ दैनिक comment 0

चैत १२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ्ग कलेजको मुद्दा मिलाइदिने भन्दै पाठकले ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पाठक विरुद्ध ७८ लाख बिगो दावी गर्दै मुद्दा दर्ता गराएको हो ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेजका अध्यक्ष लम्बोदर न्यौपाने विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । न्यौपानेलाइ भ्रष्टचार निवारण ऐन २०५९को दफा ३को उपदफा १(ज) अनुसार ६ देखि ८ वर्ष सम्मको कैद सजाय हुन सक्ने ऐनमा व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *