मजदुरको खुट्टा धोइदिएर मोदीले के दिए सन्देश ?

   नयाँ दैनिक comment 0

फाल्गुण १३, काठमाडौँ । एसियामै स्थापित नेता नरेन्द्र मोदीले आइतबार मजदुरको खुट्टा धोइदिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । कतिपयले उनको यो कदमलाई राजनीतिक नाटकको संज्ञा दिएका छन् भने कतिपयले निम्न वर्गप्रतिको सम्मान भन्दै प्रशंसा गरेका छन् ।

भारतीय प्रधानमन्त्री समेत रहेका मोदीले आइतबार उत्तर प्रदेशको प्रयागराजमा पाँच सफाई कर्मचारीको खुट्टा धोएको राजनीतिमै पहिलो कदम हो । उनले कुम्भ मेलामा विशेष योगदानका लागि सम्मानित मजदुरलाई सम्मान नै गरे ।

खुट्टा धोएपछि मोदीले भने, ‘सफाई कर्मचारीको मैले चरण धोएर मैले बन्दना गरेँ, त्यो पल म जीवनभरी बिर्सने छैन । उनीहरुको आशीर्वाद, स्नेह, तपाईंहरु सबैको आशीर्वाद, तपाईंहरु सबैको स्नेह ममाथि यसरी नै रहिरहोस् । यसरी नै म तपाईंहरुको सेवा गर्छु, यही कामना छ ।’

चतुर नेता मोदीले चुनाव नजिकिँदै गर्दा गरेको यो कामलाई एकातिर मत प्रभावित गर्ने तरिकाको रुपमा बुझिएको छ भने अर्कोतिर यसलाई उनको मजदुरमाथिको सकारात्मक दृष्टिकोणको अर्थमा लिइएको छ ।

उनको स्वार्थ भलै किन नहोस्, तर यसले श्रमप्रति सम्मान गर्नुपर्छ भन्ने सन्देश भने दिएको छ । मत प्रभावित गर्ने मोदीको उद्देश्य नै किन नहोस्, तर उनको यो कामले ‘फलेको हाँगो निहुरन्छ’ भन्ने पाठ भने सिकाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *