मन्त्री वर्षमान पुन अस्पताल भर्ना, ओली र प्रचण्ड भेट्न पुगे

   नयाँ दैनिक comment 0

फाल्गुण १६, काठमाडौँ । उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ बिरामी भएर अस्पताल भर्ना भएका छन् । अचानक अचेत भएपछि ऊर्जामन्त्री पुनलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याइएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार आइ अहिले अवस्था सामान्य रहेको र भोलि नै डिस्चार्जको सम्भावना भएको मन्त्री पुनका स्वकीय सचिव सुमन आचार्यले जानकारी दिए ।

स्रोतका अनुसार मन्त्री पुनलाई भेट्न प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचन्ड, सभामुख कृष्णबहादुर महरालगायत अस्पताल पुगेका छन् । सिसियुमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *