महंगो सम्बन्धविच्छेद गर्दै एमेजनका मालिक

   नयाँ दैनिक comment 0

चैत २२, काठमाडौँ । एमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीले सम्बन्धविच्छेदको गर्ने भएका छन् । २५ बर्ष अघि उनिहरु वैवाहिक बन्धनमा बाधिँएका थिए । संसारकै धनी व्यक्ति भनेर चिनिएका जेफ र उनकी पत्नीका बिचमा सम्बन्धविच्छेद हुँदा मक्केन्जिले ३५ बिलियन अमेरिकि डलर अर्थात ३८ खर्ब बराबर नेपाली रुपैँया प्राप्त गर्ने सहमति भएको छ । जुन अहिले सम्मकै सम्बन्धविच्छेद मध्येको ठूलो रकम हो । 

‘द टेस्टिङ्ग अफ लुथर अल्ब्राइट’ तथा ‘ट्रयाप्स’ नामक उपन्यासकी लेखिका मक्केन्जी, जेफ बेसोजले स्थापना गरेको अमेजनकि सुरुवाति चरणमा कर्मचारी थिइन् ।  

सन् २०१९को फोर्ब्सले निकालेको अर्वपतिको सूचीमा एमेजनका संस्थापक जेफ बेजोस आधुनिक कालका सर्वाधिक धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति १३१ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।

सम्बन्धविच्छेद पछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर हुनेछ भने उनले एमेजनको मताधिकार जेफलाई दिने भएकी छन् । मेक्केन्जीले ट्वीट मार्फत विवाहभङ्ग गर्न सहयोगी भएकोमा जेफ बेसोजलाई कृतज्ञता प्रकट गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *