महानगरले पोखराको पुरानो ‘आर्ट ग्यालरी’ भत्काउने

   नयाँ दैनिक comment 0

चैत १, पोखरा । महेन्द्रपुल नजिक रहेको पोखराको एकमात्र फोटो प्रदर्शन गर्ने आर्ट ग्यालरी महानगरले भत्काउने भएको छ । पोखरा महानगरपालिकाको शुक्रबार बसेको बैठकले २०५६ सालमा स्थापित उक्त ग्यालेरी भत्काउने निर्णय गरेको हो ।

ग्यालेरीसँगै रहेको सार्वजनिक पुस्तकालय जिर्ण भएको हुँदा अब पोखराको महेन्द्रपुलबाट यि दुइ संरचना बिस्थापित हुने पक्का भएको छ । जसलाई प्रदेश संग्रहालयमा स्थानान्तरण गर्न लागिएको नगरपालिका स्रोतले बताएको छ ।

अबदेखि सबै वडा कार्यालयको सुरक्षा बढाउने समेत महानगरले निर्णय गरेको छ । स्रोतका अनुसार प्रत्येक वडा कार्यालयको सुरक्षा गर्न रातको समयमा पनि कर्मचारी खटाउने र महानगरले कार्यपालिका सदस्यको पोशाक पनि तय गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेट स्रोत अनुमान तथा बजेट सीमा निर्धारण कार्य समेत सुरु गर्न कार्यपालिका बैठकले निर्णय गरेको बताइएको छ ।

महानगरको मातहतमा रहेका अस्पताललाई अनुगमन तथा नियमन गर्न बनेको अस्पताल व्यवस्थापन ऐन र पशु विकास ऐन समेत पारित गरेको छ । पोखरामा चल्ने बसमा विद्युतीय टिकट प्रणाली सुरु गर्न निजी क्षेत्रसँग अध्ययन गरेर सैद्धान्तिक सहमति दिने निर्णय पनि नगर कार्यपालिकाको बैठकले गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *