महिलाको शव जलाउँदा जलाउँदै चार मलामी पक्राउ

   नयाँ दैनिक comment 0

चैत १७, रौतहट । महिलाको शव जलाउँदा जलाउँदैको अवस्थामा उनका श्रीमानसहित चार मलामी पक्राउ परेका छन् । रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका हुन् ।

गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुनीताको हत्या भएको हुनसक्ने भन्दै माइतीपक्षले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । सुनीतालाई श्रीमान, काका ससुरा, नन्दहरु मिलेर घरभित्रै कुटपिट गरी हत्या गरेको र हत्याको शंका नहोस् भनेर एम्बुलेन्समा राखेर वीरगञ्जतर्फ लगेको माइतीपक्षले आरोप लगाएका छन् ।

एम्बुलेन्समा वीरगञ्जतर्फ लैजाँदा बाटोमै मृत्यु भएको भनेर राति नै शव जलाउन लागेको भन्दै माइतीपक्षले प्रहरीलाई खबर गरेको गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडा र समनपुरबाट खटिएको प्रहरीले शव जलाइरहेको स्थानबाट चार जनालाई पक्राउ गरेको हो । शव जलिसके पनि केही अवशेषहरु फेला पारेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *