चैत ४, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ । समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने पत्रकारहरुलाई भित्र छिर्न कार्यालयले निषेध गरेको हो ।
समाचार संकलनका निमित्त पुगेका पत्रकारलाई सुरक्षाकर्मीले गेट बाहिरै रोक्ने गरेको बताइएको छ । मिडिया हाउस तथा सूचना तथा सञ्चार विभागले प्रदान गरेको परिचयपत्र देखाउँदा समेत भित्र छिर्न दिइएको छैन ।
समाचार संकलनका गर्नका लागि भित्र छिर्नुपर्ने जानकारी गराई पत्रकार परिचय पत्र देखाउँदा पनि अनुमति लिएको अथवा माथिबाटै आदेश हुनुपर्ने भन्दै पत्रकारलाई गेट बाहिरै रोक्ने गरिएको छ ।